विश्व/प्रवास

पेरुमा कोरोनाको खोप लगाएकै कारण विदेशमन्त्रीले दिनुपर्‍यो राजीनामा

peru mfm

३ फागुन, काठमाडौं । पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे रोड्रिग्वेजले राजीनामा दिएकी छिन् ।

कोरोनाविरुद्धको खोप लगाएकै कारण उनले राजीनामा दिन परेको हो । देशमा कोरोनाविरुद्धको सरकारी खोप अभियान सन्चालन हुनुपूर्व नै उनले कोरोनाको खोप लगाएपछि पदबाट राजीनामा दिनुपरेको बीबीसीले जनाएको छ।

देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो । उनले आइतबार आफूले सरकारी खोप अभियान सुरुवात हुन पहिल्यै कोरोना खोप लगाए स्वीकार गरेकी छिन् ।

उनले चीनको सिनोफार्मको खोप लगाएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस