३ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रका लागि दिइएको आवेदन फाराम प्रमाणित गर्न दस्तखत गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ का ३६ वर्षीय जितेन्द्र पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।
पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ मा डा. जितेन्द्र शर्मा लेखेर बिरामी जाँच गर्ने गरेका थिए । किर्ते गरेको शंका लागेर अनुसन्धान गर्दा उनले मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नै नगरी डाक्टर लेख्ने गरेको खुलेको ब्युरोले जनाएको छ ।
पन्थीलाई लिखतसम्बन्धी कसूरमा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस