३ फागुन, काठमाडौं । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ ।
माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् ।
हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी, पासाङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, दिर्घ खड्काको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=Vk9hvjidYXA&feature=emb_title
प्रतिक्रिया दिनुहोस