४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरले आफ्ना ३२ सै वडाका ३५ वटा शहरी स्वास्थ्य क्लिनिकबाट फागुन ५ गतेदेखि आगामी ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण गर्ने व्यवस्था मिलाएकाे हाे ।
महानगरपालिकाको जनस्वास्थ्य विभागले एक सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरकाे ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त याे अभियान सुरू हुन लागेकाे जानकारी गराएकाे हाे ।
महानगरपालिका भित्र बसोबास गर्नेहरूले वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर पिसावको प्रारम्भिक परीक्षण मार्फत जाँच गराउन सक्ने महानगरपालिकाको जनस्वास्थ्य विभागले सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस