४ फागुन, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । प्रहरीले दोगडाकेदर नै घर भएका एक व्यक्तिलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी उनलाई बैतडी प्रहरीको जिम्मा लगाइएको समाचार स्रोतले बतायो । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर गएका थिए । ती व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।
प्रहरीले अहिले डेढ दर्जन बढी संकास्पद व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस