समाचार

ललितपुरको सुनाकोठीबाट ३१ लाख नगदसहित १७ जना जुवाडे पक्राउ

juwa tass

८ फागुन, काठमाडौं । ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूको साथबाट ३० लाख ८४ हजार ४ सय रुपैयाँ पनि बरामद गरिएको छ । त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस