Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

सरकारका लागि प्रचण्ड-नेपाल भीख माग्दै हिँडे : शंकर पोखरेल

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएका छन् । बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिडेको बताएका हुन ।

उनले भने-‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भीख माग्न हिँड्दै हुनुहुन्छ ।’

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताको बीचमा यसै विषयलाई लिएर जाने बताए । उनले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो, त्यो उद्देश्य पुरा भएको दाबी पनि गरे । प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उनले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताए ।

उनले भने– ‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि स्वभाविक रुपमा प्रतिनिधिसभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ । आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षड्यन्त्रपूर्ण क्रियाकलाप भएको थियो, त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं । जुन उद्देश्यका साथ प्रतिनिधिसभा विघटन गरेका थियौँ त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पुरा गरिसकेका छौँ । संसद पुनःस्थापना भएर केही बिग्रिएको छैन ।’

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल शुरु हुने र त्यतिबेला केपी ओलीको संसद विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताए । आगामी चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइसक्ने पनि बताए ।

एनएमबि न्यूज