Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच सहकार्यको सम्झौता

१३ फागुन, काठमाडौं । लघु, घरेलु, साना तथा मझौला उद्यम (एसएमईज) को वृद्धि विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच सहकार्यको सम्झौता भएको छ ।  बिहिबार राजधानीमा भएको दुई संस्थाबीचको सम्झौतामा एसएमइर्जको प्रवद्र्धन एवम् संरक्षणका लागि एकले अर्कोसँग सर्पोट गर्दै अघि बढ्ने सहमति भएको हो ।

सम्झौताअनुसार एसएमइर्ज व्यवसायका लागि बैंकर्स संघले सहज कर्जा प्रवाहको गर्ने बताइएको छ । वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट उद्यमी,व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाह गर्ने, विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने सहमति भएको छ ।

त्यस्तै, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू समेत तर्जुमा गर्ने महासंघ र बैंकर्स संघबीच सहमती भएको छ ।

यसरी तर्जुमा गरिएका सुझावहरु सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू समेत संचालन गर्ने गरि दुई संस्थाहरुबीच सहमति भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दैै महासंघका अध्यक्ष गोल्छाले यसरी दुवै संस्थाबीच भएको समझदारीले मुलुकभित्र एसएमईजको प्रवद्र्धनमा कोशेढुंगा सावित हुने बताए । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं । निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव सम्बोधन गर्नेछ’ अध्यक्ष गोल्छाले भने,‘एसमएमईजलाई सघाउन सकेमात्र सम्बृद्धि सम्भव छ ।’

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सोही भनाईलाई जोड दिँदै दुई संस्थाबीचको सहकार्यले एसएमईजको वृद्धि विकासमा निकै सहयोग पुग्ने र यो गर्व गर्न लायक हुने बताए । यता, बैंकर्स संघको तर्फबाट समहमतिपत्रमा हस्ताक्षर गर्दै अध्यक्ष भुवन दाहालले महासंघसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी लागेको र यस्तो सहकार्य महासंघसँग निरन्तर जारि रहने बताए ।

‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामी बीचको यस्तो सहकार्य निरन्तर अगाडि बढ्नेमा म विश्वस्त छु’ ‘अध्यक्ष दाहालले भने, ‘हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ ।’ अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको जानकारी गराउँदै दाहालले महासंघको यो सहकार्यपछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने बताए । सोही अवसरमा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अब त्यो समस्यालाई संवोधन गर्ने विश्वास व्यक्त गरे । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने उनको भनाई छ ।

एनएमबि न्यूज