१४ फागुन, काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।
विहीबार राति मस्तिष्कघात भएका जोशीको यतिबेला नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई बिहीबार राति शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो । न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।
प्रतिक्रिया दिनुहोस