Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

१४ फागुन, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

यो सिम योजना शुक्रबारबाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् । उदाहरणका लागि नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्दछ । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिम ग्राहकले कर सहित मात्र रु ९९ मा लिन सक्छन् र सिमसँगै रु २० मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक रु १.९९ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् । र एनसेल जबसप निःशुल्क चलाउन सकिने पनि रहेको छ ।

“हामी आफ्ना ग्राहकका आवश्यकता अनुसार सेवा प्रदान गर्नका लागि सधैं उत्तम उपायको खोजीमा रहन्छौं । वैदेशिक रोजगारीमा जान चाहने कामदारको यात्रालाई सहज बनाउन र उनीहरुका परिवारका सदस्यसँग अटुट सम्बन्ध कायम राख्न मद्दत गर्ने विशेष ‘सहयात्री सिम’ ल्याउन पाएकोमा हामी हर्षित छांै । यो योजनाले कामका लागि विदेश जानेहरुलाई नेपालमा रहेका आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन सजिलो बनाउँदछ । सहयात्री सिम सरल भएपनि अर्थपूर्ण र प्रभावशाली छ ।” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

यो सिम सुचारु गरको दोस्रो दिनको मध्य रात सम्ममा गरेको रु १०० भन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् । जस्तै कुनै ग्राहकले रु १०० को पहिलो रिचार्ज गरेमा उसले १०० मिनेट एनसेल नेटवर्क भित्र कल गर्न सकिने बोनस टक टाइम र सात दिनको समयसिमा रहेको १०० एमबी डेटा प्राप्त गर्दछ ।

ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि ७ दिन रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कल दिन सक्नेछन् ।

यति मात्र हैन, यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तराष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो र आगामी दिनमा एनसेलले ग्राहकका विभिन्न आवश्यकतालाई ध्यानमा राख्दै थप नविन सेवाहरु ल्याउँदै जानेछ ।

एनएमबि न्यूज