समाचार

कम्युनिस्ट शान्तिका दूत पनि हुन्ः विप्लव

biplab

२१ फागुन, काठमाडौं । नेकपा (विप्लव समूह)का महासचिव नेत्रबिक्रम चन्दले कम्युनिस्टहरू विद्रोहका योद्धा मात्र नभई शान्तिका दूत पनि भएको बताएका छन् । सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई शुक्रबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले समाजमा चार थरी मानिस पाइने बताए ।

‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्,’ उनले भने, ‘तेस्रो थरी मानिस गुन–गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन् ।’ यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् भन्ने उदाहरण आज आफूहरुले दिएको उनले बताए ।

उनले सरकारसँग भएको तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको प्रस्ट पारे । ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उत्तेजनात्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रतिवद्ध छौं ।’ नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको भए पनि पूरा नभएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस