समाचार

अब यही सरकारलाई टिकाइन्छः झलनाथ खनाल

jhalanath khanal

२६ फागुन, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गरे ।

एमाले र माओवादी केन्द्रबीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस