समाचार

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

chandra prasad dhakal

२८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन् ।

उनले भने- ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।’ उनले भने- “निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।”

ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको ऋणात्मक आर्थिक वृद्धिदर भएको अवस्था रहेको जानकारी गराए । उनले यहाँका समस्या र मुद्दालाई नियममनकारी निकायमा लग्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस