२९ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुर्याउने घोषणा गरेका छन् । तर, कहिले बढाउने भने मिति भने तोकेका छैनन् । शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।
‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पु-याएका छौं । ५ हजार पु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पु-याइहाल्छौं । छिट्टै पु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’
प्रतिक्रिया दिनुहोस