मुख्य समाचार

अडान नछोड्दा एमाले विवाद निष्कर्षविहीन : भीम रावल

bhim rawal

२ चैत, काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आ–आफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।

‘आजको बैठकमा पार्टीलाई कसरी एकताबद्ध लैजाने भनेर छलफल भयो । आ–आफ्नो धारणा राख्यौं’, रावलले भने, ‘पार्टी अध्यक्षबाट यस बीचमा जुन काम कारबाही भयो, २८ गते गरिएको निर्णय पनि प्रभाव शून्य हुन्छ भन्ने कुरा हामीले राख्यौं। उहाँहरुबाट स्वीकार भएन ।’

एमाले तीन वर्षअघिको अवस्थामा फर्किएपछि त्यहीँबाट अघि बढ्नुपर्छ भन्ने अडान आफूहरूले राखेको रावलले बताए । दुवै पक्षकी अब फेरि कहिले छलफल, संवाद गर्ने भन्ने निर्क्योल समेत नभएको रावलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस