३ चैत, काठमाडौं । चलचित्रमा आफ्नो चरित्रलाई जिवन्त बनाउन बलिउड, हलिउड कलाकारहरु आफूलाई त्यही रुपमा ढाल्छन् । यो ट्रेन्ड नेपाली चलचित्र जगतमा पनि देखिन थालेको छ ।
केही समयअघि मात्रै अभिनेत्री सुरक्षा पन्तले चलचित्र ‘आमा’का लागि केश मुण्डन गरेकी थिइन् । अर्की अभिनेत्री नम्रता श्रेष्ठले पनि चलचित्र ‘जाइरा’ का लागि ‘बोइज कट’ गरेकी थिइन् ।
हालै अर्की अभिनेत्री केकी अधिकारीले पनि केश मुण्डन गरेकी छिन् । अभिनेत्री अधिकारीले चलचित्रका लागि आफ्नो सुन्दर केश मुण्डन गरेकी हुन् । उनले चलचित्रमा आफ्नो भूमिकाका लागि केश मुण्डन गरेको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस