समाचार

कैलालीमा जुवाखालबाट प्रहरीका असईसहित ४ जना पक्राउ

juwa khal

४ चैत, कैलाली । कैलालीमा तीन लाख ३४ हजार नगदसहित चार जना जुवाडे पक्राउ परेका छ्न ।

जिल्लाको गोदावरी नगरपालिका-१० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले बताए ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस