समाचार

नेप्सेले किन माग्यो इन्फ्रास्टक्चर बैंकसँग स्पष्टीकरण, यस्तो छ कारण !

Nifra bank

४ चैत, काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण मागेको छ । हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो । केही सञ्चार माध्यमहरुमा निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएको थियो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।

रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।

napse notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस