Advertisement

४० अंकले बढ्यो नेप्से, कारोबार भएका सबै उपसूचक बढे

४ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४० अंकले बढेको छ । अघिल्लो दिनभन्दा ४०.४ अङ्क अर्थात् १.६९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४३२.१५ अङ्कमा आज बजार बन्द भएको छ । आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २४३२.४०२४ र कममा २३९०.०४८४ पुगेको थियो ।

जीवन बिमा समूह सबैभन्दा उच्च ३७२ अंकले बढ्यो भने निर्जीवन बिमा समूह पनि २२४ अंकले उक्लियो । लघुवित्त समूह ११३ अंकले बढ्दा होटेल र पर्यटन उपसूचक पनि ११२ अंकले उक्लियो । अन्य समूह ४७ अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि १९ अंकको सुधार आयो । चन्द्रागिरि हिल्सको सेयरमा आज पनि सर्किट लागेर ११ सय ७५ को मूल्यमा पुग्योे ।

यसदिन कारोबार रकम भने केही घट्यो । २१२ कम्पनीको ८६ लाख कित्ता सेयर ३ अर्ब ३७ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १५५ कम्पनीका सेयरधनीले कमाए, १५ कम्पनीका सेयरधनीले गुमाए भने आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ ।