४ चैत, काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको संगठनमा फर्किए एकता हुने बताएका छन् ।
राष्ट्रिय भेलामा आज भएका गतिविधिबारे ब्रिफिङ गर्दै उनले सर्वोच्चको फैसलाअनुसार ओली त्यसमा फर्किनुपर्ने उनले बताए ।अनुकूल समयमा बोलाए, संसदीय दलको बैठक बोलाए सहभागी हुने उनले बताए ।
भोलिको बैठकमा व्यस्तताका आफूहरु सहभागी हुने उनले बताए । “२०७५ साल जेठ २ गतेको संगठनमा फर्किन प्रधानमन्त्री तयार भए चाहनुभए एकता हुन्छ । एकताको आधार विन्दु नै जेठ २ को संगठन हो,” उनले भने ।
आफूहरु पार्टी विभाजनको पक्षमा नभए पनि ओली समूहका नेताहरु छुट्टिएर गइदिए हुन्थ्यो चाहेको जिकिर गरे । “कसैको चाहना त्यो छ । मैले बुझिराखेको छु । उतापट्टिका साथीहरुको चाहना यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ । तर हामी पार्टी विभाजन हुन दिँदैनौं,” भट्टराईले भने ।