समाचार

ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने हैसियत छैन: गगन थापा

gagan thapa

६ चैत, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताएका छन् ।

उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेकपाका नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएर जात्रा देखाएको समेत बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस