७ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् ।
नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए ।
‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, उनले भने, ‘यतिबेला म प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेकाे छु । मेराे प्राथमिकता नेपाली काँग्रेसलाई बलियाे बनाउने हाे’ ।
प्रतिक्रिया दिनुहोस