१६ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ चैतमा सोधिएको स्पष्टीकरण पत्रको जवाफ नपठाएको भन्दै नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पुनःस्पष्टीकरण सोधेका छन् ।
स्पष्टीकरणको जवाफ पठाएका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई चित्तबुझ्दो जवाफ नपठाएको भन्दै ६ महिना निलम्बन गरेका ओलीले भुसाल र पाण्डेलाई पुनःस्पष्टीकरण सोधेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूय थापाले भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस