१७ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्ध मानिसहरुको विरोध प्रदर्शन जारी छ । समाचार एजेन्सी रोयटर्सले एक संगठनलाई उद्धृत गर्दै १ फेब्रुअरीदेखि हालसम्म विरोध प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५०० पुगिसकेको जानकारी दिएको छ ।
यसैबीच एजेन्सीले मंगलबारदेखि मानिसहरुले एक सविनय अवज्ञा आन्दोलनको सुरुवात गरेका छन् जसमा उनीरुले सडकमा फोहोर फ्याँक्नेछन् । असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामक संगठनले सोमबार म्यानमारमा १४ नागरिकको मृत्यु भएको जसमा कम्तीमा आठजनाको यंगूनको दक्षिणी ड्यागन जिल्लामा ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार सुरक्षाबललले ब्यारिकेड बनाएर राखिएको बालुवाको बोरा हटाउनका लागि हाई क्यालिबरको हतियार प्रयोग गरे । यो कस्तो प्रकारको हतियार थिए, त्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
यस्तै सरकारी टिभीका अनुसार सुरक्षाबलले रोयट विपनको प्रयोग गरेका छन् । यसमार्फत् उनीहरु हिंस्रक उग्रवादी मानिसहरुलाई तितरबितर बनाउन चाहन्छन् । प्रहरी र सैन्य शासनका प्रवक्ताले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।
संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शन नदबाउन भनेका छन् ।
'