१७ चैत, काठमाडौं । काठमाडौंको गोंगबुमा सुनसरी घर भएका अमर लिम्बु कुटिएका छन् । होली खेल्दा पत्नीलाई जिस्काएपछि प्रतिकार गर्दा चार–पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले उनलाई निर्घात कुटेका हुन् ।
आइतबार मध्यान्ह सडकमा अमानवीय ढंगले कुटेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । सामाजिक सञ्जालबाट घटना सार्वजनिक भएपछि कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।
तनहुँ घर भई वनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने २५ वर्षीय सोमबहादुर गुरुङ र धापासी बस्ने २५ वर्षीय दीपेन्द्र कुमार थापालाई उक्त घटनाको एक घण्टाभित्र पक्राउ गरिएको उनले बताए । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस