१८ चैत, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस