१९ चैत, काठमाडौं । मनकामना केवलकार डिजिटल प्रविधिमा स्तरोन्नति हुने भएको छ । २३ वर्ष अघि स्थापना भएको नेपालको पहिलो केवलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।
‘हामीले केवलकारलाई तीन चरण गरेर स्तरोन्नति गर्दैछौं’, ‘केवलकारमा विकास भएको पछिल्लो प्रविधि जडान गरेर स्तरोन्नति गरिनेछ । यसबाट संचालन, मर्मत सम्भार खर्च समेत कम हुनेछ ।’ मनकामना दर्शन प्रालीले २०५५ साल मंसिरबाट सुरु गरेको यो केवलकार तीन चरणमा स्तरोन्नति गरिने कम्पनीका कार्यकारी संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा पार्टपुर्जा फेर्ने र दोस्रो चरणमा नयाँ पूर्वाधारको निर्माण गरिने जनाएको छ । यसैगरी, तेस्रो चरणमा एनालग प्रविधिमा संचालन भइरहेको केबुलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने, मुख्य लठ्ठा (केबल)लाई फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुमान्तरण गरी हाल विश्वभर संचालनमा आएको प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ ।