समाचार

बुटवलको कोरोना अस्पतालमा तीन जना संक्रमितको मृत्यु

covid 19 dead

३० चैत, बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७:२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै, सोमबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस