समाचार

ओलीको गृहजिल्लामा माधव पक्षको भेला

uml madhav

३ बैशाख, काठमाडौं । झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो ।

जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेता नेपालसहित घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रविन कोइराला, नरेश खरेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई उनीहरुले सम्बोधन गरेका थिए । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस