गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए

covid19 nepal

५ बैशाख, पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ ।

आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ । प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस