७ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।
यही अवधिमा ११ जनाको मृत्यु भएकाे छ । योसँगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस