८ बैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको छ ।
भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।
यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा हँसमुख देखिन्थ्यो । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस