Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

१७ वैशाख, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञामा आज शुक्रबारदेखि थप कडाइ हुने भएको छ । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ ।

सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ । तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।

शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा रोक प्रायः लगाइएको छ । पास वितरणमा पनि कडाइ गर्ने तयारी छ । स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन् ।

यसका साथै काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमती पाउने छैनन् । रात्रि बस नपठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको छ ।

एनएमबि न्यूज