Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

पर्सामा एकको मृत्यु, १ सय १५ संक्रमित थपिए

२१ वैशाख, पर्सा । पर्सामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जनाए ।

यता नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १ सय ९२ जनामध्ये १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जनाएको छ । ती संक्रमित मध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए । यस्तै बाराका २४ र रौतहटका ४ जना संक्रमित रहेको उनले बताए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।