२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन् । अहिले भारतको अवस्था कठिन भएको बताउँदै राहत कोषका लागि सहयोग गरेको दुवैले भिडिओ पोस्ट गर्दै जनाएका छन् ।
‘भारतको लागि महामारीको लडाईंका लागि परिस्थिति धेरै गाह्रो भएको छ । यसले हाम्रो देशलाई पीडा भएको देख्दा हामी पनि पीडामा छौं,’ श्रीमान्-श्रीमतीले आफ्नो सोसल मिडिया पोष्ट गरेको एउटा भिडिओमा भनेका छन् ।
‘जो रातदिन हाम्रो लागि संघर्ष गर्दैछन्, तिनीहरूको समर्पणको प्रशंसा गर्छौं । अब उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ र हामी उनीहरूको पक्षमा उभिनुपर्छ । हामीले केट्टोमा कोष जुटाउन सुरू गरेका छौं । हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं ।’
Anushka and I have started a campaign on @ketto, to raise funds for Covid-19 relief, and we would be grateful for your support.
Let’s all come together and help those around us in need of our support.
I urge you all to join our movement.
Link in Bio! 🙏#InThisTogether pic.twitter.com/RjpbOP2i4G
— Virat Kohli (@imVkohli) May 7, 2021

