समाचार

कैलालीमा एकैदिन ९ सङ्क्रमितको मृत्यु

corona death nepal

२७ वैशाख, कैलाली । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे ।

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

टीकापुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएका मध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस