२७ वैशाख, पोखरा । गण्डकी प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कास्कीमा २९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, स्याङजामा १५, पर्वतमा ५०, बागलुङमा ५८, म्याग्दीमा ६३, मुस्ताङ र मनाङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस