मुख्य समाचार

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई दिल्ली सरकारले पढाउने

arvind

३१ वैशाख, काठमाडौं । नयाँदिल्लीको सरकारले कोरोनाभाइरसको संक्रमणबाट अभिभावक  गुमाएका बालबालिकालाई नि:शुल्क पढाउने भएको छ । शुक्रबार मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क शिक्षा दिने बताएका हुन् । घरमा एकमात्र कमाउने व्यक्तिको मृत्यु भए परिवारलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री केजरीवालले घोषणा गरेका छन् । विषेशगरी वृद्धवृद्धालाई आर्थिक सहयोग गर्ने केजरीवालको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले डिजिटल पत्रकार सम्मेलनमार्फत् कोरोनाभाइरसका दैनिक संक्रमित १० हजार भन्दा कम हुन थालेको बताएका छन् । अहिले साढे ८ हजारका दरले संक्रमित थपिने गरेको उनले बताए । उनका अनुसार पछिल्ला १० दिनमा दिल्लीका झन्डै तीन हजार कोभिड-१९ बेड खाली भएका छन् । तर आइसियू बेडहरू भने अझै पनि भरिएका छन् । उनले गम्भीर रहेका कोरोना संक्रमितको उपचारका लागि झन्डै १२ सय आइसियू बेड तयारी अवस्थामा रहेको बताए ।

‘पछिल्ला केही दिनमा अथक प्रयासका बाबजुद् पनि हामीले दिल्लीका धेरै मानिसलाई बचाउन सकेनौं । धेरैजसो परिवारमा एकभन्दा धेरैको मृत्यु भएको छ । मलाई थाहा छ, कयौं बच्चाहरूले आफ्ना दुबै अभिभावक गुमाएका छन् । म छु यहाँ, दिल्ली सरकारले शिक्षा र बसोबासको सबै खर्च व्यहोर्छ,’ उनले भने,’त्यहाँ कयौं वृद्धवृद्धाहरू पनि छन् जसले कमाइरहेका आफ्ना बच्चा गुमाए । चिन्ता नगर्नुस्, तपाईंको छोरा अझै जिवित छ । दिल्ली सरकारले सबै ती परिवारलाई आर्थिक सहयोग गर्नेछ जसका कमाउने एकमात्र सदस्य बिते ।’

उनले लकडाउनलाई अझै पनि लम्ब्याउने संकेत गरे । अहिले जारी लकडाउन आउँदो सोमबार बिहान ५ बजे सकिँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस