३ जेठ, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ ।
आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि हँदा ९२ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।
यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस