मुख्य समाचार

मेलम्चीको पानी वितरण भए पनि उपभोक्तालाई पाएनन् राहत

Melamchi

४ जेठ, काठमाडौं । एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ ।

भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट वितरण गर्न परीक्षण भइरहेको छ । राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी पाइने आशा सपनामै सीमित भएको छ ।

मेलम्ची आउनासाथ पुरानो  पाइप लाइनबाट वितरण गरिए पनि  परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केय।केएल)ले जनाएको छ । भक्तपुर कटुञ्जेको पानी पोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट  मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले  जानकारी दिए ।

उनका अनुसार महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस