५ जेठ, पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।
प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गते देखि लागू हुने गरी १४ गते सम्म थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यस अघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक/एक साता थप गर्दै आएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन ।
प्रतिक्रिया दिनुहोस