६ जेठ, काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४ सय रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदी भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस