८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेता कोइरालाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको उनको आरोप छ । ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो,’ उनले भने, ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ ।’
उनले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताए । ‘संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ नेता कोइरालाले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस