प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटको आज सुनुवाइ

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमध्ये १९ वटामा बिहीबारबाट सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गराएकी थिइन् । त्यसका विरुद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन् । सर्वोच्च अदालतमा परेका रिटमध्ये १९ रिटमा आज सुनुवाइ हुने भएको हो । अन्य ११ रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट परेका हुन् । विपक्षी गठबन्धनका पाँच दलका एक सय ४६ सांसदले रिट दायर गरेका हुन् ।

त्यस्तै, कानुन व्यवसायीले पनि रिट दर्ता गरेका छन् । सांसदहरुले दर्ता गरेको रिटमा भने शुक्रबार सुनुवाइ हुनेछ ।

एनएमबि न्यूज