Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

निषेधाज्ञामा वाइसिएल र अखिल क्रान्तिकारीको रक्त सङ्कलन अभियान

२० जेठ, चितवन । जिल्लामा रगतको अभाव भइरहेका वेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले रक्त सङ्कलन अभियान गरिरहेका छन् । ती दुई सङ्गठनले चार स्थानबाट ३ सय ६२ युनिट रगत सङ्कलन गरिसकेका छन् ।

वाइसिएल चितवनका इन्चार्ज सन्तोष पनेरुका अनुसार रामनगरमा ८१ युनिट, जगतपुरमा १ सय ३ युनिट, भोजाडमा ६२ युनिट र कालिका नगरपालिकामा १ सय १६ युनिट रगत सङ्कलन भई सकेको छ । शुक्रबारबाट माडीका ४ ठाउँमा रगत सङ्कलन गरिदै छ । त्यहाँबाट पनि यतिनै हाराहारी रगत सङ्कलन हुने अनुमान गरिएको छ । पनेरुले भने, “रगतको अभाव भएको भन्दै सङ्कलनका लागि रक्तसञ्चार केन्द्रले आग्रह गरे पछि हामीले अभियान सुरु गरेका हौं ।”

माडीमा जेठ २१ गते बाँदरझुलामा, २२ गते वगइ र देवेन्द्रपुरमा, २३ गते वसन्तपुरमा र २४ गते बरुवामा रक्त सङ्कलन गरिदैं छ । अभियान जेठ १३ गतेबाट सुरु गरिएको हो । अखिल क्रान्तिकारी चितवनका इन्चार्ज अशोक देवकोटाले कोरोना सङ्क्रमणका कारण सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर रक्त सङ्कलन गरिएको बताए । एक पटकमा थोरै सङ्ख्यालाई मात्रै राखेर ठाउँठाउँमा रगत सङ्कलन गरिएको उनको भनाई छ । उनले भने, “अन्य समय भएको भए निकै धेरै रगत सङ्कलन हुन्थ्यो । अहिले हामीले विशेष सावधानी अपनाएर सुरक्षित ढङ्गले थोरै मात्र रगत सङ्कलन गरेका हौं ।”

रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलले यो समय रगतको निकै अभाव हुने समय भएको बताउनुभयो । रगतको अभाव हुने देखिए पछि राजनैतिक दललाई आग्रह गरीएको वताए । यतिवेला कोरोनाको जोखिमसँगै स्कुल, कलेज बन्द, सहकारी संघ संस्था बन्द, अत्याधिक गर्मी खेतिपातीको समय लगायतका कारण रगत सङ्कलनमा कमी भएको हो ।

कोरोना सङ्क्रमण नहुँदा समेत यो समयमा रगतको अभाव हुने उन्को भनाई छ । जिल्लामा अन्य समयमा दैनिक १ सय ५० युनिट रगतको माग हुने गरेकोमा कोरोनाका कारण माग आधा घटेको पौडेल बताउँछन् । कार्यालयले एक वर्षमा ३० हजार युनिट रगत सङ्कलन गरेर वितरण गर्ने गर्दछ । यस कार्यालयले चितवन सहित सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, तनहुँ, धादिङ, गोरखा, लम्जुङ् र नवलपरासीका दुबै जिल्लाबाट रगत सङ्कलन गर्ने गर्दछ । हाल निषेधाज्ञाका कारण ती जिल्लामा रगत सङ्कलन हुन सकेको छैन । जिल्लाको भरतपुर अस्पतालमा धेरै सुत्केरी हुने हुँदा रगतको माग धेरै हुन्छ । यसै गरी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामीलाई समेत धेरै रगतको आवश्यक पर्ने गर्दछ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।