२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद अम्मरबहादुर साउदले जानकारी दिए । मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै छन् ।
एमालेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, एमालेको खनाल–नेपाल समूहले ओली पक्षको बैठकको निर्णय भन्दै त्यसलाई चुनौती दिएको हो । संसदीय दलको बैठकमा ओलीपक्षीय सांसदहरु भने सहभागी थिएनन् ।
प्रतिक्रिया दिनुहोस