काठमाडौं उपत्यकामा ९१५ संक्रमित थपिए

२६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९१५ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५७६८ जना निको भएका छन् भने थप ८१ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज