सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

२८ जेठ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ ।

गत बिहीबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज