दाङको लमहीमा आधा दर्जन सवारी साधन तोडफोड

२९ जेठ, बुटवल । अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि अज्ञात समूहले इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।

उक्त समुहले रातको समयमा मिनी ट्रक, जिप ,वस तोडफोड गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार  लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप तोडफोड भएको छ ।

प्रहरीले रातको समयमा तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

एनएमबि न्यूज