काठमाडौं उपत्यकामा ५९८ संक्रमित थपिए

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४९४ वटा नमुनाको परीक्षण गर्दा देशभर तीन हजार ३८४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५९८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३९१ जना छन् । यस्तै, ललितपुरमा १३० र भक्तपुरमा ७७ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।

एनएमबि न्यूज